'प्रसाद २' मा महेश त्रिपाठीको इन्ट्री
पाेखरा | पुस १, २०७९
पोखराः छायांनक नहुदै कलाकारको हेरफेर गरेको फिल्म प्रसाद २ मा महेश त्रिपाठीको इन्ट्री हुने भएको छ । त्रिपाठीको अभियनको शैली देखेर निर्देशक निमार्ताहरुले त्रिपाठीलाई प्रसाद २ मा अफर गरेका हुन् ।
त्रिपाठीले यस अघि नै अमेरिकाको हुयुस्टन फिल्म फेस्टिभलमा नेपाली फिल्म हल्काराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।
त्रिपाठीलाई त्यस पश्चात एक पछि अर्को गरी फिल्मका अफरहरु आइरहेका छन् । निमार्ण पक्षले छायाँनकन सुरुवात नहुदै कलाकारहरुको विवाद रहेका कारण रोकीएको छायाँकनमा त्रिपाठीलाई अभियनको लागी अनुरोध गरेको थियो ।
यतिवेला सर्वाधीक फेम याक्टर महेश त्रिपाठी समेत प्रसाद २ मा अनुवन्दीत भएको कुरा निमार्ण पक्षले जनाएको छ । अन्तरजातीय विवाहको सामाजिक प्रभाव र प्रेमकथामा बन्ने यो फिल्मको अघिल्लो भागलाई दर्शकहरुले निकै रुचाएका थियो ।

तिन वर्ष देखि निमार्ण गर्ने भनिएको फिल्ममा कोरोना र कलाकारका कारण समयमै छायाँनकन हुन नसकेको निर्माता सुवास थापाले बताएका छन् । सुरुमा प्रमुख कलाकारको रुपमा घोषणा गरिएका नम्रता श्रेष्ठ र राज कटुवालले ‘प्रसाद २’ छाडेका छन् । नम्रताले फिल्म नगर्ने टुंगो लागेपछि उनको ठाउँमा केकी अधिकारी भित्रिएकी छन् ।
कलाकार हेरफेरसँगै फिल्मम ‘प्रसाद’को दोस्रो श्रृंखलाको छायांकन बिहीबार देखिसुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सुटिङ सुरु भएको छ ।
४० दिनको छायांकन तालिका छ । फिल्म सुटिङ सुरु हुने बेला विवाद निम्तिएपछि फिल्मको निर्माण अन्योलमा थियो ।निर्माता सुवास थापा र विपिन कार्की विच मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति निर्माता संघमा भएको थियो । सोही सहमतिअनुसार नै सुटिङ अघि बढेको हो ।
एसजी फिलीम्स र सुलभ थापा प्रोडक्सनले फिल्म निर्माण गर्न लागेका हुन् । सुदर्शन बस्नेत निर्माता र सुवास थापा प्रस्तुतकर्ता हुन् । अर्पण थापा, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको फिल्ममा अभिनय हुनेछ ।
राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको पाश्र्वध्वनि, राजनराज सिवाकोटीको संगीत रहनेछ । पटकथा सुशील पौडेलले लेखेका हुन् । अघिल्लो सिक्वेललाई दिनेश राउतले निर्देशन गरेका थिए । दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्दै छन् । सुटिङ सकिएपछि प्रदर्शन मिति तय गरिने निमार्ण पक्षले जनाएको छ ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

